आज मात्रै थपिए २१३ कोरोना संक्रमितः नेपालमा १४२५ जनालाई कोरोना, ७ जनाको मृत्यु

110

जेठ १७,
काठमाडौं । शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।
शनिबार मात्र यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५
पुगेको छ । हालसम्म ७ जनाको मृत्यु भइसकेको छ ।