सिन्धुली । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् । शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे । थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।
नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गरेका थिए । बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै ुफुइँ हाँक्न नहुनेु तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले ुमुर्ख राजाुको कथा सुनाएर कटाक्ष गरेका थिए ।













