मण्डनदेउपुरको गैरीगाउँबाट नगरकोट जाने सडक बन्द हुने

430
तस्विरः बद्री घोरासाइनेको फेसबुकबाट

नगरकोट । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नं. १ गैरिगाउँ मोडदेखि नगरकोट जाने सडक केही दिनकोलागि बन्द हुने भएको छ । वडा नं २ ले जारी गरेको सूचनामा अनुसार सडक कालोपत्रे गर्ने कार्य सुरु हुने भएकाले सो मार्ग बन्द हुने भएको हो । यहिँ बैशाख ३० गते (भोली) शनिबारदेखि सडक कालोपत्रे गर्ने कार्य नसकिएसम्म उक्त सडक बन्द हुने वडाअध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

त्रिबेणी खोलादेखि तल्लो डाडाथुम या ताइमाराङ सम्म सडक कालो पत्रे कार्य सुरु हुने भएकोले बाटो पूर्ण रुपमा बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ, सूचनामा भनिएको छ । साथै कार्य सम्पन्न हुन लाग्ने समय सम्मको लागि वडा नं १ बालुवापाटी गैह्रीगाउं बाट ढाडाँगाँउ हुद हिलसाइटबाट नगरकोट वा कात्तिकेको बैकल्पिक बाटोको प्रयोग आग्रह गरिएको छ ।