बिवादमा आएपछि कानुनमन्त्री तामाङले दिए राजीनामा

214

साउन ८,
काठमाडौं । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा कानुमन्त्री शेरबहादुर तामाङले बोलको शब्दले मन्त्रीपद गएको छ । एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सटिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिए थिए । कार्यक्रममा उनले दिएको अमर्यादित अभिव्यक्तिको विरोध भएपछि नेपाल कम्युनिस्ट पार्टीले उनलाई पदबाट राजीनामा लिन सुझाव दिएको थियो ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर तामाङले राजीनामा दिएको घोषणा गरेका छन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यद्यपि उनले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी पनि मागेका छन् । तर, उनीमाथि नैतिक प्रश्न उठिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेपछि उनको राजीनामाको विकल्प अगाडि आएको हो । यस्तै सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्री तामाङको टिप्पणी दुखद रहेको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।यस्तै झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी आपत्तिजनक रहेको श्रेष्ठले बताएका थिए ।

श्रेष्ठले प्रसाईलाई उक्त विषयमा आत्माआलोचना गर्न पनि आग्रह गरेका थिए । काँग्रेस नेता डा शेखर कोईरालाले कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए । कानुनमन्त्री तामाङले नेपाली चेलिहरूको अस्मितामाथि अत्यन्तै आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै उनलाई पदमा बसिरहने कुनै नैतिकता नभएको नेता कोइरालाको भनाई थियो । बंगलादेशमा अध्ययन गर्ने जाने नेपाली महिलालाई लक्षित गरे कानुनमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाली काग्रेसले आपति जनाएको थियो । काँग्रेसले कानुनमन्त्रीको अभिव्यक्तिले नेपाली परम्परा, संस्कार र महिलाको अस्मितालाई अपमान समेत गरेको ठहर गरेको थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञिप्त निकालेर पधानमन्त्रीलाई यस्ता खालेको गतिविधिको नियन्त्रण गर्नसमेत माग गरेका थिए । देशमा शिक्षा विद्येयकलाई लिएर बहर चर्किएको बेला सत्तापक्षको तर्फबाट आएको यस्तो अभिव्यक्तिले कांग्रेसलाई थप गम्भीर बनाएको विज्ञप्तीमा उल्लेख थियो ।