सङ्खुवासभा हेलिकोप्टर दुर्घटना

14

काठमाडौँ– सङ्खुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।अरुण तेस्रो जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँमा ल्याइएको हो ।