काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनीसँग सोधपुछ सुरु भएको छ













