‘अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय परिवर्तन हुँदैन’

44
तस्विरः प्रधानमन्त्रीको सचिवालय

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् ।

उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए । तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ ।