‘बालुवाको पिरामिड’ कविता संग्रह र उपन्यास ‘मुमुक्षु’ लोकार्पण

58

काठमाडौं । लेखक अपर्ण योञ्जनका कृति ‘बालुवाको पिरामिड’ कविता संग्रह र उपन्यास ‘मुमुक्षु’ लोकार्पण गरिएको छ । यी दुई उनका पहिला कृति हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच शनिबार दुवै कृति एकैसाथ लोकार्पण गरिएको हो । लोकार्पण कार्यक्रममा पुस्तककाबारे जानकारी दिँदै लेखक योञ्जनले एकैसाथ दुवै कृति लोकार्पण गर्न पाउँदा खुुसी महसुस भएको प्रतिक्रिया दिए ।

इटर्नल पब्लिकेसन प्रालिले बजारमा ल्याएका कृतिलाई समीक्षकहरूले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।
लेखक योञ्जन लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । विदेशमै भएका बेला उनले यी कृति लेखेका हुन् ।
नारी स्रस्टा समाजकी अध्यक्ष ममता मृदुलले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धन प्रसाद सुबेदिले प्रमुख अतिथीको मन्तब्य दिनु भएको थियो । कार्यक्रममा श्रीश भण्डारी , चतुर्भुजलाल दासले मुमुक्षु उपन्यासको समिक्षा गर्नु भएको थियो । भने बालुवाको पिरामिड कविता संग्रहमा कवि दुर्गा किरण तिवारी प्रा डा जीवन अधिकारी र प्राडा भरत कुमार भट्टराईले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । साथै कवि बिन्दु अधिकारी ढकालले योन्जनको कविता संग्रहमा संग्रहित कविता वाचन गर्नु भएको थियो ।
प्रकाशन संस्था इटर्नल पब्लिकेसनको तर्फबाट भगवती अधिकारी सेढाईले सबै आगन्तुकलाई स्वागत गर्नु भएको थियो ।