Friday, September 18, 2026
Home समाचार बालेन साहद्वारा उच्च अदालतमा लिखित जवाफ

बालेन साहद्वारा उच्च अदालतमा लिखित जवाफ

62

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् । सुकुम्बासीवस्ती हटाउने सूचनाको विरुद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत पाटनमा परेको रिटको लिखित जवाफ पेस गर्दै रिट खारेजभागी रहेको उनले दाबी गरेका हुन् । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट महानगरलाई विमुख बनाउने उद्देश्य प्रेरित रिट खारेज भागी रहेको दाबीसहित प्रमुखद शाहले आफ्नो लिखित जवाफमा रिट निवेदन खारेज गर्न माग गरेका छन् ।

‘गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, विना स्वीकृति पक्की घर, टहरा, सटर कबल बनाउने, तहतह किनबेच गर्ने, घरेलु हतियार तथा विस्फोटक पदार्थसहित आपराधिक बल प्रयोग गर्ने, सहरी सौन्दर्यीकरणको कुनै पनि काम गर्न नदिने जस्ता कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षीको रिट निवेदन भित्रको मनसाय प्रश्नयोग्य छ,’ शाहले आफ्नो लिखित जवाफमा भनेका छन् ।