Tuesday, October 13, 2026
Home समाचार बेलिब्रिज भाँचिँदा चारजनाको मृत्यु

बेलिब्रिज भाँचिँदा चारजनाको मृत्यु

199

सुर्खेत । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लुस्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू काम गर्दै गरेका मजदुरहरू रहेको बताइएको छ। अन्य चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरखबहादुर केसीले बताए। मृतकको सनाखत खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -thahakhabr