लामिछानेकाे पुस्तक ‘सहज बुढ्याैली’ सार्वजनिक

504

भक्तपुर – लेखक श्रीधर लामिछानेकाे ‘सहज बुढ्याैली’ कृति सार्वजनिक भएकाे छ । शनिवार भक्तपुरमा आयाेजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्रकुमार राय यादव लगायतले पुस्तक लाेकार्पण गरेका हुन् ।
कार्यक्रममा लाेकार्पित कृति बारे टिप्पणी गर्दै पुस्तकका टिप्पणीकार चेतनाथ कँडेलले जेष्ठ नागरिकका सवालबारे ऐन कानुन कार्यान्वयनकाे चरणमा रहेकाे समयमा लाेकार्पित पुस्तक ‘सहज बुढ्याैली’ उपयाेगी कृति रहेकाे बताउनु भयाे । ‘सहज बुढ्याैली’ जेष्ठ उमेर लाग्दै गरेका सबैले सिरानीमा राखेरै पढ्नु पुस्तक रहेकाे कँडेलकाे भनाई छ । जेष्ठ नागरिक उमेर व्यस्त, स्वस्थ र मस्त रहने उमेर रहेकाले साेही कार्य सिकाउनेमात्र नभई पुस्तकमा लामिछानेका जीवननाभूति र अनुभवलाई समेत समेटिएकाे बताउनु भयाे । उहाँले ‘सिनियर सिटिजन क्याम्पेनिएन’का लागि पुस्तक उपयाेगी हुने जेष्ठ नागरिककाे ढाेकानेर पुगेकालाई पुस्तक उपयाेगी रहेकाे बताउनु भएकाे हाे ।

कार्यक्रममा लेखक तथा पत्रकार भैरव रिसालले पुस्तकमा चाहिने कुरामात्र रहेकाे र गफ नरहेकाे बताउनु भयाे । उहाँले मन्त्री रायलाई मुलुक किन बिग्रेकाे भनी प्रश्न गर्नु भयाे । नयाँ वर्ष २०८० देखि नेताहरूले झुठाे बाेल्न छाडिदिन पनि अनुराेध गर्नु भयाे । राजनीतिमा ढाँट्न छाडे मुलुक आफै बन्ने उहाँकाे भनाई छ ।

कार्यक्रममा लेखकलाई शुभकामना दिँदै पूर्व परराष्ट्र मन्त्री विमला प‌ाैडेल राईले लामिछानेका पुस्तक जेष्ठ नागरिक, कानुन बनाउने,कार्यान्वयन गर्ने र मन्त्री लगायतका हातहातमा पुर्याउन आवश्यक रहेकाे बताउनु भयाे ।

पुस्तकका सम्पादक श्रीश भण्डारीले नीति नियम बनाउने पक्ष देखि आम वुढ्याैली जीवन विताउने अवस्थाका नागरिक लक्षित पुस्तक बजारमा आएकाे बताउनु भयाे । समाजमुखी पुस्तक सम्पादन गर्दा आफुलाई निकै सन्तुष्टि मिलेकाे पनि उहाँले बताउनु भयाे । लामिछानेकाे कृति जेष्ठ नागरिकहरूकाे आधिकारिक दस्तावेज मान्न सकिने भण्डारीकाे भनाइ छ । उहाँले भन्नू भयाे, ‘सहज बुढ्याैली जेष्ठ नागरिकलाई उत्प्रेरणा जगाउने पुस्तक हाे ।’
लेखक लामिछानेले व्यवहारमा राष्ट्रियता देखाउन सक्ने मानिसहरूकाे संगतबाटै सहज बुढ्याैली लेखिएकाे बताउनु भयाे । राष्ट्रिय जेष्ठ नागरिक महासंघका उपाध्यक्ष अम्विका केसीले लेखकले महत्वपूर्ण कृति ल्याएकाेमा शुभकामना दिँदै महासंघ सधैं लामिछानेकाे साथमा रहेकाे बताउनु भयाे ।

समाज कल्याण परिषदका सञ्जयकुमार मल्लले जेष्ठ नागरिक क्षेत्रमा काम हुने अवस्था आएकाे दावी गरे । लामिछानेकाे पुस्तकले जेष्ठ नागरिकका लागि काम गर्न गराउन सहयाेग पुर्याउने बताउनु भयाे । कार्यक्रमका वक्ता डा. गाैरीशंकरलाल दासले जेष्ठ नागरिकले भाेग्नु परेका समस्या बारे आफ्ना अनुभूति प्रस्तुत गर्नु भयाे ।

कार्यक्रमका प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्रकुमार राय यादवले लामिछानेकाे ‘सहज बुढ्याैली’ कृति जेष्ठ नागरिकका लागि उपयाेगी पुस्तक भएकाले मन्त्रालयकाे पहलमा जेष्ठ नागरिकका महासंघ मार्फत देशभर पुर्याउने कार्य गर्ने प्रतिवद्धता जनाउनु भयाे । उहाँले हरेक टाेल टाेलमा स्थानिय तह मार्फत जेष्ठ नागरिक मिलन केन्द्र खाेल्नु पर्ने आवश्यक्ता सरकारले महसुस गरेकाे बताउनु भयाे । कार्यक्रमका सभाध्यक्ष श्यामकुमार धाैभडेलले जेष्ठ नागरिकमा पणयवहारिक रूपमा प्याृग भइरहेका शब्द र चलनचल्ती मास्न नहुने बताउनु भयाे । बुढाे बा भन्दैमा काेही पनि रिसाउन नहुने उहाँकाे धारणा थियाे । धाैभडेलले जेष्ठ नागरिक भत्तापनि उमेर अनुसार वर्गिकरण गर्न सरकारसँथ माग गर्नु भयाे ।

कार्यक्रममा गायकहरू ईन्द्र केसी, वृन्दा पन्थीले जेष्ठ नागरिक लक्षित भजन प्रस्तुत गरेका थिए । पुस्तक ईर्टनल पव्लिकेसन्स् प्रा.लि. काठमाडौंले प्रकाशन गरेकाे हाे । पुस्तक २६४ पृष्ठकाे रहेकाे छ भने, मूल्य ३००/- रूपैयाँ रहेकाे छ । लाेकार्पणकाे अवशरमा ५० प्रतिशत छुट सहित विक्रि वितरण गरिएको थियाे । लेखकले पुस्तक विक्रिवापत प्राप्त रकम जेष्ठ नागरिककै क्षेत्रमा कार्य गर्न खडा गरिएकाे काेषमा जम्मा हुने बताउनु भयाे ।