विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक

19

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

उनले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको बताए । उनले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताए । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर हरेको भन्दै दायरामा ल्याउन पहल गर्न उनले आग्रह गरे ।

मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताए । उनले त्यसलाई पनि कानूनी दायरामा ल्याएर आवश्यक रहेको बताए । विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै उनले व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गरे ।

मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानको लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।