एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहटनमा रहेको फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको छ । ट्रम्पमाथि सन् २०१६ मा पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई ठूलो रकम दिएको आरोप छ । उहाँविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोग लगाइएको बीबीसीले जनाएको छ ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बन्नुभएको छ । तर आफूमाथि लगाइएका विभिन्न आरोपको उहाँले खण्डन गरी दोषी नरहेको दाबी गर्नुभएको छ । आत्मसमर्पण गरेका उहाँलाई हतकडी भने लगाइएको थिएन ।