काठमाडौँ । सामाजिक प्लेटफर्म ट्विटरको लोगो परिवर्तन गरिएको छ । ट्विटरको लोगो परिवर्तन गरेर ट्विटर सिइओ एलोन मस्कले निलो चराको ठाउँमा कुकुरको तस्विर राखेका छन् ।
ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएपछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन् । सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् ।













