तनहुँ । उपनिर्वाचनकालागि तनहुँ १ मा नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा पुगेर आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्। खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन्।
मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र सांसदविहीन भएको हो। पहिलो दर्ता राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले दर्ता गराए। उनको प्रस्तावक मन्धरी आले र मिना थापा समर्थक रहेकी छन्। आगामी वैशाख १० मा तनहुँ- १ सँगै, चितवन- २ र बारा – २ मा पनि उपनिर्वाचन हुँदैछ।