कस्ता रोगीले काजु खान हुदैंन

77

कुनै रोगबाट ग्रस्त भएका व्यक्तिहरुले काजु धेरै सेवन गर्दा स्वास्थलाई नोक्सान पुग्छ ।आज हामी त्यस्ता रोगहरुको बारेमा बताउँदैछौं, जसमा काजको सेवन नोक्सानदायक मानिन्छ ।

टाउको दुख्ने समस्या

टाउको दुख्ने समस्यालाई सामान्य मानिन्छ, तर यही समस्यापछि माइग्रेनको रुप लिन्छ । यो रोगबाट ग्रस्त व्यक्तिले काजु सेवन गर्नु हुँदैन । स्वास्थ्य विशेषज्ञका अनुसार काजुमा अमिना एसिड टाइरामिन र फेनेथाइलमाइन पनि समावेश हुन्छ, जसले टाउको दुख्ने समस्या झन् बढाउँछ ।

वजन नियन्त्रण गर्ने मानिसका लागि

परिवर्तित समयमा मानिसको सोच पनि परिवर्तन भएको छ । आजको समयमा सबै जना आफूलाई फिट राख्न चाहन्छ । यही कारणले मानिसहरु योगा, जिम आदि गर्न थालेका छन् । यही क्रममा यदि तपाईंले वजन घटाउने कोशिश गरिराख्नु भएको छ भने काजुको सेवन बिर्सेर पनि गर्नु हुँदैन । किनभने करीब ३० ग्राम काजुमा १६९ क्यालोरी र १३ .१ फ्याट हुन्छ । यसले वजन घटाउनु भन्दा बढाउन सहयोग गर्छ ।

ब्लड प्रेशरका रोगी

यदि कसैलाई ब्लड प्रेशरको समस्या छ भने पनि आफ्नो भोजनमा विर्सिएर पनि काजु समावेश गर्नु हुँदैन । काजुमा सोडियम हुन्छ । यसले ब्लड प्रेशर झन् बढाउने काम गर्छ । जसका कारण स्थिति चिन्ताजनक हुन्छ ।

औषधिमा असर

करीब ३–४ वटा काजुमा ८२.५ एमजी म्याग्नेशियम हुन्छ । यही म्याग्नेशियमले डायबिटीज, थायराइडको औषधिमा असर पुऱ्याउँछ । यसको अर्थ ती औषधिहरुको असर केही कम गर्न सक्छ । त्यसैले मधुमेहका विरामीले काजूको सेवन नगर्ने सल्लाह दिइन्छ ।