Friday, October 2, 2026
Home स्वास्थ्य कस्ता रोगीले काजु खान हुदैंन

कस्ता रोगीले काजु खान हुदैंन

87

कुनै रोगबाट ग्रस्त भएका व्यक्तिहरुले काजु धेरै सेवन गर्दा स्वास्थलाई नोक्सान पुग्छ ।आज हामी त्यस्ता रोगहरुको बारेमा बताउँदैछौं, जसमा काजको सेवन नोक्सानदायक मानिन्छ ।

टाउको दुख्ने समस्या

टाउको दुख्ने समस्यालाई सामान्य मानिन्छ, तर यही समस्यापछि माइग्रेनको रुप लिन्छ । यो रोगबाट ग्रस्त व्यक्तिले काजु सेवन गर्नु हुँदैन । स्वास्थ्य विशेषज्ञका अनुसार काजुमा अमिना एसिड टाइरामिन र फेनेथाइलमाइन पनि समावेश हुन्छ, जसले टाउको दुख्ने समस्या झन् बढाउँछ ।

वजन नियन्त्रण गर्ने मानिसका लागि

परिवर्तित समयमा मानिसको सोच पनि परिवर्तन भएको छ । आजको समयमा सबै जना आफूलाई फिट राख्न चाहन्छ । यही कारणले मानिसहरु योगा, जिम आदि गर्न थालेका छन् । यही क्रममा यदि तपाईंले वजन घटाउने कोशिश गरिराख्नु भएको छ भने काजुको सेवन बिर्सेर पनि गर्नु हुँदैन । किनभने करीब ३० ग्राम काजुमा १६९ क्यालोरी र १३ .१ फ्याट हुन्छ । यसले वजन घटाउनु भन्दा बढाउन सहयोग गर्छ ।

ब्लड प्रेशरका रोगी

यदि कसैलाई ब्लड प्रेशरको समस्या छ भने पनि आफ्नो भोजनमा विर्सिएर पनि काजु समावेश गर्नु हुँदैन । काजुमा सोडियम हुन्छ । यसले ब्लड प्रेशर झन् बढाउने काम गर्छ । जसका कारण स्थिति चिन्ताजनक हुन्छ ।

औषधिमा असर

करीब ३–४ वटा काजुमा ८२.५ एमजी म्याग्नेशियम हुन्छ । यही म्याग्नेशियमले डायबिटीज, थायराइडको औषधिमा असर पुऱ्याउँछ । यसको अर्थ ती औषधिहरुको असर केही कम गर्न सक्छ । त्यसैले मधुमेहका विरामीले काजूको सेवन नगर्ने सल्लाह दिइन्छ ।