ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

49

काठमाडौँ । आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् ।

आफूहरुले नागरिक आन्दोलन गरेको, राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटरब्याज पीडितहरुले बताए । बिहान टंगालमा धर्ना दिन पुगेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर धर्नामा बसेका छन् ।महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले सरकारको ध्यानाकर्षण गराउन काठमाडौँमा धर्ना दिइरहेका हुन् । सरकाले उनीहरुसँग वार्ता गर्नका लागि समिति बनाएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्ने तयारी गरेका छन्।