यस्ता छन् मंगलबारको मन्त्रीपरिषद्‍ बैठकका २२ निर्णय (सूचीसहित)

222

बैशाख १२,
काठमाडौं । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न २२ वटा महत्पूर्ण निर्णय गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मंगलबारको मन्त्रीपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ। राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो। ‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले भने, ‘यसमा किन कसो भन्ने हुँदैन। सरकारको अधिकारको कुरा हो।’

मन्त्री बास्कोटाले अहिलेसम्म काम गरेकोमा राजदूतलाई धन्यवादसमेत दिए। ‘अहिलेसम्म काम गर्नुभएकोमा राजदुतलाई धन्यवाद’, प्रवक्ता बास्कोटाले भने।
मन्त्रीपरिषद्‍का थप निर्णय :