राष्ट्रपति सीले रुसको भ्रमण गर्ने

54

काठमाडौँ । चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् ।

उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । यद्यपि भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।