नेपाललाई तेस्रो सफलता

23

काठमाडौँ । आईसिसी विश्वकप क्रिकेट लिग- २ मा युएई विरुद्ध नेपालले तेस्रो विकेट हात पारेका छ । टस हारेर पहिले बलिङ सुरु गरेको नेपालले सिपी रिजवानलाई रनआउट गर्दे तेस्रो विकेट लिएको हो।

रिजवानलाई ७ रनमा आसिफ शेखले रनआउट गरेका हुन्। यसअघि नेपालका लागि सन्दीप लामिछानेले कप्तान मुहम्मद वासिमलाई ६३ रनमा आउट गरेका थिए। निकै राम्रो सुरुवात दिएका अजिमले दोस्रो विकेटका लागि भृत्या अर्विन्द सँग ७९ रनको साझेदारी गरे। सन्दीपले उनलाई एलबी डब्लू आउट गरे।सन्दीप अब विश्व कीर्तिमानभन्दा १ विकेट टाढा छन् उनी सर्वाधिक चाँडो १०० विकेट पूरागर्ने कीर्तिनिमान नजिक पुगेका हुन्। त्यस्तै, ललित राजवंशीले पहिलो विकेट दिलाएका थिए। उनले १९ रनको अवस्थामा ओपनर आर्यन लाक्रा ६ रनमा बोल्ड हुन पुगेका थिए।