काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन्। काठमाडौँ आएका उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका हुन्।
प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएका
छ । उक्त भेटवार्तामा प्रदेशलाई बलियो बनाउन सङ्घले गर्नुपर्ने सहयोगलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।