काठमाडौँ । कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ । स्रोतका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने तयारी गरेको छ ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।
बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् । संसद्को पाँचौँ ठूलो दल राप्रपाले मतदानमा भाग नलिने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।