उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

100

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम् विकसित राष्ट्रहरू (एलडिसिज)को पाचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाई मंगलबार राति स्वदेश फर्किएका छन् । यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

यही मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्यूरो’को अध्यक्षको जिम्मेवारी दिएको छ । एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा एक समारोहबीच उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको बताए । सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्टित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्ले सोच्नुपर्नेमा जोड दिएका थिए ।