सुरक्षित तवरले होली खेल्न प्रहरीको आग्रह

35

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौँले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको हो ।

‘होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगरौँ । अपरिचिते समूहमा होली नखेलौँ । कसैको इच्छा विपरीत रङ्ग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔँ, केमिकल रगंको प्रयोग नगरौँ,’ प्रहरी परिसर काठमाडौँले भनेको छ ।

महँगा गरगहना लगाएर होली नखेल्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी परिसर काठमाडौँले अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगर्न अनुरोध गरेको छ । नियम विपरीत कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम सजाय तथा जरिवाना हुने पनि प्रहरीले जनाएको छ ।