Thursday, October 1, 2026
Home राजनीति आज स्ववियु निर्वाचनमा भाग लिन क्याम्पसहरुमा संगठन दर्ता गर्नुपर्ने

आज स्ववियु निर्वाचनमा भाग लिन क्याम्पसहरुमा संगठन दर्ता गर्नुपर्ने

65

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि विद्यार्थी संगठनहरूले आज शुक्रबार आफ्नो संगठन दर्ता गराउँदै छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा हुने चुनावका लागि विद्यार्थी संगठनहरूले दर्ता गर्नुपर्नेछ ।निर्वाचनमा सहभागी हुन चाहने विद्यार्थी संगठनहरुले शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म क्याम्पसहरुमा आ–आफ्नो संगठन दर्ता गराउनुपर्ने कार्यतालिका छन्। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार शुक्रबार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र स्ववियु चुनावमा भाग लिन पाउनेछन्।