पोखरा । पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएको पाइएको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो ।
घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको खड्काले बताए । ‘घाइतेहरुको अवस्था सामान्य नै छ । त्यसमध्ये एउटाको राति नै अपरेसन भएको छ, अर्को एकजनाको आज हुन्छ,’ उनले भने ।














