ओहो ! यो के हो ?

61

एजेन्सी । पछिल्लो समयमा सामाजिक सञ्जालमा जेसुकैको पनि भाईरल हुने लहर नै चलेको छ । विशेषगरी ट्विटरमा मानिसहरु यस्ता कुराहरु शेयर गर्छन जुन शेयर गरेको केहि मिनेटमै भाइरल भईदिन्छ । यस्तै तस्बिर एक तस्बिर सामाजिक सञ्जालमा हाल भाइरल भएको छ । जसलाई संसारको सबैभन्दा डरलाग्दो बिरालो भनि उपनाम दिइएको छ ।यो स्विजरल्याण्डको रुटिमा बस्ने जोर्डन नामको बिरालो हो । यस बिरालोको शरीरमा एउटा पनि रौँ छैनन् साथमा यो एक अज्ञात रोगबाट समेत ग्रसित छ । यसै कारणले गर्दा जोर्डनको शरीर अस्वाभाविक रुपमा चाउरिएको देखिन्छ। रौँ नभएको र चाउरीपनले गर्दा यो यति धेरै डरलाग्दो देखिएको हो ।

 

 

 

 

सामाजिक संजालमा तस्बिर भाइरल भए पश्चात कतिपयले यसलाई विश्वको सबैभन्दा डरलाग्दो बिरालोको संज्ञा दिएका छन भने कतिपयले यसलाई एलियनसंग पनि तुलना गरिरहेका छन् ।