यसरी छापिन्छ पाठ्यपुस्तक ( ७ तस्विरमा हेर्नुहोस्)

165

चैत १६,
भक्तपुर । नयाँ शैक्षिक सत्र सुरु हुन केही दिन मात्र बाकीँ छ । नेपाल सरकारले
समयमै विद्यार्थीको हातमा पुस्तकको सेट पु¥याउन धेरै निकायलाई सक्रिय बनाएको छ । यदि सरकारले गरेको पहलले गरेरमा यहिँ चैत २५ गते भित्र सबै जिल्ला सदमुकाममा पाठ्यपुस्तक पुग्ने देखिन्छ ।
जसअनुसार आगामी शैक्षिक सत्र २०७५को लागि नेपालमा विद्यालय शिक्षा अध्ययनको लागि कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ । जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् । कक्षा ६ देखि १०सम्म २२ लाख २४ हजार ९ सय १७ विद्यार्थी हुनेछ ।
नेपाल सरकारले विद्यार्थी संख्याको पूर्व अनुमान गरि यो वर्षको शैक्षिक सत्रको लागि निःशुल्क पाठ्यपुस्तक शिर्षकमा २ अर्ब २२ करोड २२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
जस अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तकको छपाई निजि क्षेत्रले गरिरहेको छ । यो वर्ष देखि कक्षा ५ सम्मको पुस्तक पूर्ण रंगिन हुनेछ । कक्षा ६ देखि १० सम्मको छपाई भने सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गरको हो । वि.स २०७४ सालमा कक्षा १देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ । जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् ।