काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
२०७९ फागुन ८ गते (सोमवार)
दिउँसोː प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७९ फागुन ९ गते (मंगलबार)
दिउँसोː प्रदेश नं १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७९ फागुन १० गते (बुधबार)
दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours):
प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ।