आन्दोलनरत मजदुर र सरकारबीच ५ बुँदे सम्झौता

57

काठमाडौँ । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर सङ्गठनहरू र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको छ । यस्तै, यातायात मजदुर सङ्गठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा समेत सहमति भएको छ ।

सहमतिका बुँदाहरू :