Thursday, October 8, 2026
Home समाचार डिएसपी विष्टको खोसियो जिम्मेवारी

डिएसपी विष्टको खोसियो जिम्मेवारी

65

काठमाडौं । प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक ९डिएसपी० रविन विष्टको जिम्मेवारी खोसिएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ।

सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका दुई भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो। -setopati