Friday, October 23, 2026
Home समाचार दुर्गा प्रसाईंले ज्ञानेन्द्र र पारसलाई सँगै राखेर सुरू गरे आफ्नै अभियान

दुर्गा प्रसाईंले ज्ञानेन्द्र र पारसलाई सँगै राखेर सुरू गरे आफ्नै अभियान

130

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।
काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।
उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन्। उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभित्ता पुगेका थिए।