संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् पुगिन् राष्ट्रपति भण्डारी

47

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् ।  शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि भण्डारी संसद् पुगेकी हुन् ।

प्रतिनिधिसभा नयाँ कार्यकालका अवसरमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने व्यवस्था छ ।  उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले स्वागत गरेका छन् ।