सहिद पार्क नजिक भेटियो मानव कंकाल

48

काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिका-५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ । सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्यालले खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

स्थानीयवासीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको लुगा भेटिएकाले कंकाल पुरुषको हुनसक्ने प्रहरी निरीक्षक खत्रीको भनाई छ । उक्त कङ्काललाई जिल्ला अस्पतालमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।