विदेश मात्रै होइन, एक पटक आफ्नो देश घुमौंः पर्यटन व्यवसायी दंगाल

549

काठमाण्डौं । भक्तपुर सुडालका स्थायी वासिन्दा दामोदर दंगाल सामाजिक तथा राजनीति अगुवा हुन् । पछिल्लो समय उनको परिचय पनि थपिएको छ पर्यटन व्यवसायीको रुपमा । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थिती बोजिनी नगरकोट रिसोर्टका संचालक दंगाल व्यवसाय र समाजसेवालाई सँग सँगै अघि बढाउने बताउँछन् । काठमाडौंबाट २५ कि।मी।को मात्र दूरीमा रहेको रिसोर्टमा भक्तपुरको कमलविनायकबाट नगरकोट टावर जाने बाटो अर्थात भत्केपाटी, सुडाल, सरस्वतीथान हुँदै चरेली जाने बसबाट पुग्न सकिन्छ । पूर्ण पारिवारिक वातावरण भएको रिसोर्टमा १ सय जना पाहुनालाई बास बस्न सक्ने क्षमता रहेको छ भने ५ सय जना सम्म क्षमता भएको हल छ । यसका अतिरिक्त पिक्निक गर्न चाहनेहरुलाई समेत रिसोर्टले सेवा दिने व्यवसायी दंगाल बताउनु हुन्छ । यीनै विषयमा केन्द्रित रहेर संचालक दंगाल सँग नयाँ नेपाल न्यूज, www.nayanepalnews.comले गरेको कुराकानीको सम्पादीत अंश,

तपाँई राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व यो पर्यटन क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
-म राजनीतिक क्षेत्रमा क्रियाशिल भैरहँदा ४/५ वटा देशहरुको भ्रमण गर्न अवसर मिल्यो । त्यसैक्रममा ती मुलुकहरमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेको देखियो । ती मुलुकमा आर्टीफिसीयल डेभलप्मेन्टबाट त पर्यटक तानिएका छन् भने हाम्रोमा त नेचुरल रिसोर्सेसहरु नै छन् । त्यस कारण यहाँ नेचुरल डेभलप्मेन्ट नै सम्भव छ । अब मैले पनि पर्यटन क्षेत्रको विकासमा केही काम गर्नु पर्दछ भन्ने अवधाराणाका साथ रिसोर्ट संचालनमा ल्याएको हो ।

हाम्रो देशमा पर्यटनमा प्रचुर सम्भावना भएर पनि उपयूक्त वातावरण छैन भनिन्छ के ठान्नु हुन्छ ?
-राज्यले भैतिक पूर्वाधारको विकास गरिदिनु पर्दछ । देश भरिका पर्यटकीय क्षेत्रमा सडक, बत्ती र खानेपानीको प्रबन्ध मिलाइ दिनुपर्दछ । अन्य वातावरण बनाउने पर्यटन व्यवसायीले नै हो । त्यसमा राज्यको सहजीकरणको भूमिका भए पुग्छ । पर्यटन व्यवसायीहरु बिचको आपसमा एकता, व्यवसाय प्रतिको लगाव र सेवा प्रति समर्पण हुँदा वातावरण बन्दै जन्छ ।

नगरकोटलाई सन राइज र सन सेट हेर्ने स्थानको रुपमा लिइन्छ तँपाईहरुले सन सेट हेर्ने लोकेसनमा रिसोर्ट बनाउनु भयो नि ?
-नगरकोटमा यस अघि संचालनमा रहेका होटलहरुबाट सन राइज र हिमालय रेन्ज हेर्न मिले पनि उपत्यका र सन सेटको भ्यू हेर्न यत्तिको लोकेसनको अभाव नै थियो । तसर्थ सो अभाव पूरा गर्न हामीले यो लोकेसन छानेका हौं । एक त यो मेरो आफ्नै गाउँ अर्को कुरा यो नगरकोटको पर्यटकीय क्षेत्रको अर्कै गन्तव्य बनाउने उद्येश्य हो । यहाँबाट देखिने मनोरम दृश्यले जो सुकैको पनि मन छुन्छ । यहाँबाट ३ किलोमिटरको दूरीबाट सबैभन्दा राम्रो सँग हिमाल र सन राइज देखिन्छ भने रिसोर्टबाटै सन सेट र उपत्यकाको मनोरम दृश्यको आनन्द लिन पाइन्छ । नगरकोटको अन्य कुनै पनि होटलबाट नदेखिने दृश्य यस वोजिनी रिसोर्टबाट देखिन्छ । तसर्थ यो लोकेसन छानिएको हो । यो प्राइम लोकेसन हो ।

यो ठाउँको ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्त्व के छ ?
-ऐतिहासिक हिसाबले यहाँ जति बेला काठमाडौं उपत्यका दह (ताल) को रुपमा थियो त्यति बेला चीनबाट महामन्जुश्री आई यहीँ तल सरस्वती स्थानमा रहेको ढुङ्गामा बसेर यो पानी काहाँबाट कटाउन सकिन्छ भनेर हेर्दा चोभारको डाँडाबाट कटाउन सकिने पैलाउँदै यहाँबाट फुलचोकी हुँदै चोभार पुगेर आफ्नो खड्गले काटेर पानी निकालेको इतिहासमा उल्लेख छ ।

धार्मिक हिसाबले विभिन्न धार्मिक ग्रन्थमा यसलाई रत्नागिरी पर्वत भनि उल्लेख गरिएको छ ।
अर्को यहाँ हरियालीको हिसाबले नगरकोट भन्दा पनि हामी वातावरण मैत्री छौं । हामी सडक भन्दा माथि जंगलको छेउमा पानीको सुविधा भएको शान्त वातावरणमा छौं । त्यस्तै यहाँ रहेका महामन्जुश्री लगायतका अन्य मन्दिर, त्यस्तै काठमाडौंको कोलाहल बातावरणबाट मुक्ति पाउन नजिकको गन्तव्यको रुपमा वोजिनी रिसोर्ट हुनसक्दछ । काठमाडौंको बागबजारबाट जम्मा २५ कि।मी। को दूरीमा रिसोर्ट रहेको छ ।

हाम्रो लक्षित समूह कुन हो ?
-हाम्रो लक्षित समूह आन्तरिक र वाह्य दुवै हो ।

 फोकस कुन समूहलाई हुन्छ ?
-फोकस आन्तरिक पर्यटक नै हो । उपत्यका वरपर आन्तरिक पर्यटनका लागि उपयूक्त स्थान धेरै छन् त्यस मध्ये नगरकोट एक हो । उपत्यका भित्रका गन्तव्य मध्ये नगरकोट पुरानो पर्यटकिय क्षेत्र र अहिले यो कलममशी वोजिनी क्षेत्र मूख्य आकर्षणको रुपमा रहेको छ ।

नगरकोट भन्ने वित्तिकै महादेव पोखरी टावर क्षेत्रलाई बुझिन्छ यो होटल र टावरको दूरी कति हो ?
-हाम्रो होटल र भ्यू टावर र महादेव पोखरी वीचको दूरी जम्मा ३ किमिको छ । त्यस्तै हामीले यही नजिकै १८५० मिटरको उचाइमा पोखरी ९ड्याम्प० निर्माण भएको छ । यो पनि एउटा मूख्य आकर्षण छ । हामी पर्यटकहरुलाई स्थानीय स्तरमा नै उत्पादित वस्तुहरु खुवाउने व्यवस्था पनि मिलाउँदैछौं । अर्गानिक खानाको व्यवस्था गर्दैछौं । वोजिनी नगरकोट रिसोर्टमा एक पटक जानु पर्दछ भन्ने अवस्था हामी बनाउँछौं।

पर्यटकहरुको लागि प्याकेज पनि बनाउनु भएको छ कि ?
-प्याकेज भन्दा पनि आपसी समझदारीमा हामी उपयूक्त दर कायम गर्दछौं । मुख्यत पर्यटकहरुकै रोजाईमा आधारित रहेर हामी सेवा प्रदान गर्दैछौं । पारिवारिक, अफिसियल कुन किसिमको वसोवास वा कार्यहरु हो त्यसको लागि हामीले दिनु पर्ने सेवाहरु के के हुनसक्छन् त्यही अनुसार हाम्रो साधन र श्रोतले भ्याए सम्मको सेवा सुविधा उपलब्ध गराउँछौं।

हलको क्षमता कति छ ?

-कन्फेरेन्स हल छ । जसमा ख्क्ष्ए सोफा र ब्ऋ सहितको सुविधा सम्पन्न छ । अर्को हलमा थ्रेटर प्रोग्राम, प्रोजेक्टर सहित २ सय जना अट्ने छ । अर्कै यू सेपमा गए १ सय जनाको छ । विवाह, भोज, पिकनिक, डे प्रोग्राम गर्दा ५ सय जना सम्मको व्यवस्थापन गर्न सकिन्छ ।

पारिवारिक हिसाबले आउनेहरुको लागि के कस्तो व्यवस्था छ ?
-पारिवारिक हिसावले आउने भनेको आन्तरिक पर्यटक नै हो आन्तरिक पर्यटकका लागि सम्पूर्ण हिसाबले उपयूक्त वातावरण यहाँ छ । अन्यत्र कतैबाट नदेखिएका दृष्य यहाँबाट देख्न सकिन्छ । यहाँ ढिकी, जाँतो, लोकल खाना, खेतिबारीमा वाली लगाउँदै गरेका दृष्य, स्थानीय रितिरिवाज, खैजडी भजन जस्ता दृष्यको मज्जा लिन सकिन्छ । मनोरम प्राकृतिक दृष्य, सडक सञ्जाल, जङ्गल क्षेत्र नजिक शान्त वातावरणमा रमाउन उपयूक्त पारिवारिक वातावरण वोजिनी नगरकोट रिसोर्टमा छ ।

Remove fetured imageवास वस्ने हिसाबले क्षमता वेड क्षमता कति हो ?
-हामी करिब १ सय जनालाई राम्रो व्यवस्थाका साथ राख्न सक्छौं । त्यसमा पनि केही वेड थप गर्न सकिन्छ ।

सवारी साधनको सुविधा के छ ?

-रिसोर्टमा आउन चाहने पर्यटकका लागि उहाँहरुले माग गरे अनुसारको यतायातको उपलब्धता गराउँछौं ।

अन्तमा आन्तरिक तथा वाह्य पर्यटकलाई के भन्न चाहनुहुन्छ ?
-आन्तरिक तथा वाह्य पर्यटकलाई के भन्न चाहन्छु भने नगरकोट एउटा विश्व परिचित ठाउँ हो । हामी विदेश जान खोज्छौं तर यहाँको पर्यटकिय गन्तव्य पुगिरहेको हुदैनौं त्यस कारण आन्तरिक पर्यटकलाई म भन्न चाहन्छु तपाई विदेश पनि जानुहोस् तर विदेशजानु अघि नेपालका पर्यटन गन्तव्यमा पहिले एक पटक पुग्नुहोस् । वाह्य पर्यटकलाई म भन्न चाहन्छु कि नेपाल आएका पर्यटकले एक पटक नगरकोट आउँदा ५० प्रतिशत हिमलय श्रङ्खला एभरेष्ट सहित हेर्न सकिन्छ । एक रात नगरकोट विताउने गरि नगरकोट आउन र आन्तरिक पर्यटकलाई वर्षमा १ रात नगरकोटमा विताउने योजना बनाउन आग्रह गर्दछु ।