वाह ! पाँचपोखरी पुगेपछि…….., तस्विरमा हेरौं

173

-सुरेन्द्र प्रसाद ढकाल

काठमाडौं । सिन्धुपाल्चोकको भोताङमा रहेको पाँचपोखरी धार्मीक र प्राकृतिक रुपमा महत्व भएको स्थान हो । पनि करबि ४२ सय मिटर उचाइमा रहेको छ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर रहेछ। ढुंगामा बयान गरिएको त्यहाँको किंवदन्ती निकै रोचक छ। झन्डै २ हजार ३ सय २५ वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुग्दा धान खेती गररिहेको देखेछन्।

त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूणिर्माको दिनसम्म यहाँ मेला लाग्ने गर्छ। र, टाढा-टाढाबाट हजारौँ संख्यामा भक्तजनहरू जुट्छन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ। इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नामसमेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड। यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थ स्थल भनिएको छ।

कसरी जाने ?

काठमाडौँबाट पाँचपोखरी यात्रा तय गर्ने हो भने चाबहिल, चुच्चेपाटीबाट सुरु गर्न सकिन्छ । तेहाँबाट तीनघन्टे बस यात्राले मेलम्ची पुर्‍याउँछ। पाँचपोखरीको यात्रा चौताराबाट पनि गर्न सकिन्छ । झन्डै ५ देखि ६ दिनमा पाँचपोखरीको यात्रा टुंग्याएरै काठमाडौँ फर्कन सकिन्छ।

तस्विरः सुरेन्द्र प्रसाद ढकाल