काठमाडौं । हाम्रो देश नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै धानेको छ ।राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स बढ्नुको प्रमुख कारण वैदेशिक रोजगारमा गएका नेपालीको संख्या बढ्नु हो । यो गत सालको यहीं ५ महिनाको तुलनामा अहिले २३ प्रतिशतले रेमिट्यान्स बढेको हो ।चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै वैदेशिक रोजगारीका लागि नयाँ २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्या ८०।६ प्रतिशतले बढेको हो । यहीं अन्तिम श्रम स्वीकृति लिएको संख्याले नै विदेशमा गएका नेपालीलाई जनाउँछ । नयाँ मात्रै नभई पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य बढेको छ ।
प्रदेशगत रुपमा तुलना गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै नागरिक वैदेशिक रोजगारीका लागि विदेसिएको देखिन्छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको तथ्यांक हेर्दा यस्तो देखिएको हो । गत आर्थिक वर्षमा यो प्रदेशबाट १ लाख ६९ हजार ५ सय २१ जनाले श्रम स्वीकृति लिएका छन् । यो गत आर्थिक वर्षमा लिइएको कुल श्रम स्वीकृतिको करिब २७ प्रतिशत हो ।
यस्तै, धेरै नागरिक वैदेशिक रोजगारीमा पठाउने प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश १ र तेस्रोमा लुम्बिनी प्रदेश रहेको छ । जसअनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृित लिएका नेपालीमध्ये प्रदेश १ बाट करिब २१ प्रतिशत र लुम्बिनीबाट १८ प्रतिशत छन् । दक्षताको आधारमा तुलना गर्दा आर्थिक वर्ष ०७८र७९ मा जारी गरिएका कुल ६ लाख ३० हजार ९० श्रम स्वीकृतिमध्ये ४४।९ प्रतिशत श्रम स्वीकृति अदक्ष कामदारको लागि जारी गरिएको पाइएको छ । यसैगरी, ४६.३ प्रतिशत दक्ष कामदार र ८.६ प्रतिशत अर्धदक्ष कामदारले श्रम स्वीकृति लिएको पाइएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।नयाँ मात्रै नभई पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य बढेको छ ।
जिल्लागत रुपमा धनुषा जिल्लामा सबैभन्दा बढी ४१ हजार २ सय ९३ श्रम स्वीकृति जारी गरिएको छ ।