प्रभु इन्स्योरेन्सले लाभांश, बोनस सेयर घोषणा गर्‍यो

59

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २७औं साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो।