सर्वदलीय बैठक सुरु

23

काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको हो । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय संसद्‌को अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो । 

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेकाले बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।