काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको हो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो ।