२६ गते विश्वासको मत लिने

52

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिने जानकारी गराएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका  प्रचण्ड १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्दा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास लिन प्रधानमन्त्रीलाई एक सय ३८ सांसदको समर्थन चाहिन्छ।