काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ ।
ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी चीन, भारतलगायत ९० भन्दा बढी देशमा फैलिएको छ । हालसम्म पुष्टि भएका संक्रमितमा हल्का ज्वरो, खोकी, बान्ता, झाडापखाला र घाँटी दुखाइजस्ता लक्षण देखिएको विज्ञहरु बताउँछन् ।
खासगरी उत्तरी चीनमा कोरोनाको कारण कतिपय सहरमा लकडाउन नै गर्नुपरेको खबरपछि जनमानसमा चिन्ता बढ्न थालेको छ, ‘फेरि कोरोनाले दुःख दिने त होइन ?’
हामी यही प्रश्न लिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनकहाँ पुग्यौं । अनलाइनखबरसँगको कुराकानीमा डा. पुनले सुरुमै प्रष्ट पारे, ‘नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन ।’