बढ्यो सुनको मूल्य

36

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सुनको मूल्य प्रतितोला चार सयले बढेपछि छापावाल सुनको भाउ प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । मंगलबार एक लाख सात सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय रुपैयाँ कायम भएको छ। ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।