Sunday, September 27, 2026
Home Uncategorized प्रदेश १ द्वारा प्रदेशसभाकाे बैठक आह्वान

प्रदेश १ द्वारा प्रदेशसभाकाे बैठक आह्वान

72

माेरङ । प्रदेश १ को सरकारले प्रदेशसभाको प्रथम बैठक पुष १७ गतेका लागि आह्वान गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम बैठकको मिति तय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता तथा यातयात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पुष १७ गते आइतबार दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक तय गरिएको जानकारी दिए।

सरकारका प्रवक्ता घिमिरेले प्रथम अधिवेशनका लागि प्रदेश प्रमुख परशुराम खापुंगसमक्ष सिफारिस गरिने जानकारी दिए। प्रदेश प्रमुख खापुंगले प्रदेश सभाको लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको बैठक आव्हान गर्ने संवैधानिक व्यवस्था रहेको उनले बताए। प्रवक्ता घिमिरले सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रदेशसभा आह्वान बाहेकका कार्यसूची नभएको हुदाँ अन्य कुनै निर्णय नभएको जानकारी दिए।