भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुको भिड लाग्न सुरु भएको छ ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा ओलीको निवासमा नेताहरुको भिड लाग्न सुरु भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महामन्त्री डा. मुकुल ढकालपनि बालकोट पुगेका छन् ।
त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् ।