काठमाडांै । राष्ट्रिय जनसाहित्यिक संघ नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह एक समारोहका वीच विमोचन गरिएको छ। जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी प्रमुख अतिथि भएको कार्यक्रमको सभापतित्व गरेका थिए ।
डा.देवि नेपालले समिक्षकको भुमिका निर्वाह गरेका थिए। उनले संग्रह भित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्नपनि सामर्थ्य रहेको बताएका छन् साथै पुर्णतः आशावादी रहेको भन्ने कुराको जानकारी गराए। गजलतर्फ बढेका पाइला अब नमोढ्न पनि आग्रह गर्नुका साथै शुभकामना पनि ब्यक्त गरे। बिशिस्ट अतिथि वरिष्ठ साहित्यकार स्नेह सायमीले साहित्यको सिमाना हुदैन र नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेको र लागिरहन उत्साहित गरें। अर्का विशिष्ट अतिथि डेउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै आज यहाँ पुस्तकाकारमा आएको कृति आकाश मेरोपनि विमोचनको कार्यक्रम काठमाडौमा भएको हुँदा यसले स्रष्टाहरुलाई एकै मालामा गाँसेको विचार व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथिले जीविकाको साहित्यिक चेत संगीतमय छ साथै जातीय विभेद हटाएर एकतावद्द भएर रहने चेत भएका गजल रहेको बताए । कार्यक्रमको उद्घोषण ज्ञानु बिद्रोहीले गरेका थिए। र कार्यक्रमको संयोजन भने दिपेन्द्र बनेपालीले गरेका थिए।












