काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएकाे छ।
पार्टीकाे केन्द्रीय कार्यालय, आलोकनगर तीनकुनेमा साेमबार आयाेजित औपचारिक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालले विजयी सांसद्हरूलाई दाेसल्ला र माला लगाएर बधाई तथा शुभकामना दिएका हुन्।
नेकपा एमालेबाट विभाजन भएकाे पार्टी नेकपा एकीकृत समाजवादी विभाजनपछि यसपालि पहिलाेपटक निर्वाचनमा सहभागी भएकाे हाे।
सत्ता गठबन्धनमा आवद्ध यस पार्टीले यसपालीकाे निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेकाे छ भने समानुपातिकमा कुनै पनि सिट पाएन। थ्रेसहाेल्ड कटाउन नसकेपछि उसले कुनै पनि सिट पाउन नसकेकाे हाे।