Tuesday, September 29, 2026
Home राजनीति संसद भवनमा एमाले सांसद

संसद भवनमा एमाले सांसद

97

फागुन २,

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठकमा सहभागी हुन एमालेका सांसद संसद भवन आइपुगेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा अध्यक्ष ओलीले सम्मबोधन गरिरहेका छन्।
यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीशको महाअभियोग षडयन्त्रपूर्वक ल्याएको निष्कर्ष निकालेको छ। त्यसबारे थप रणनीति तय गर्न आज बैठक बसेको हो।