सिरहा । सिरहामा एकथान कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) राति उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमबाट प्रहरीले पक्राउ गरेको छ ।














