काभ्रेपलान्चोकमा बस दुर्घटना १८ जनाको मृत्यु

66

काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा  भएकाे बस दुर्घटनामा १८ जनाको शव फेला परेको छ । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरकाे रिभर्ज बस दुर्घटना भएको थियो ।

अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका ११ सल्लेबाट व्रतबन्धका लागि गएको बस दुर्घटना भएको बताइएको छ ।